सरकारलाई दिएको समर्थनको म्याद सकियो, छठपछि समर्थन फिर्ता हुन्छ : राजपा नेपाल

 कात्तिक २५, २०७५ आइतबार १८:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनु भएको हो । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन नगरेको, संघीयता कार्यान्वयन र सुशासनतर्फ ध्यान नदिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन लागिएको पनि स्पष्ट स्पष्ट पार्नुभयो ।

छठ लगत्तै बस्ने पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने महासचिव सुमनको दाबी छ । महासचिव सुमनले भारत, चीन, अमेरिकाको भ्रमण गर्दैमा मुलुकलाई अघि बढाउन नसकिने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया