एटीपी फाइनलको पहिलो खेलमा रोजर फेडेरर पराजित

 कात्तिक २६, २०७५ सोमबार ८:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा सुरु भएको एटीपी फाइनलको पहिलो खेलमा रोजर फेडेरर पराजित भएका छन् ।

लण्डनको ओटू एरेनामा भएको पहिलो खेलमा ३४ वटा अनफोर्सड इरर गरेका फेडेरर जापानिज खेलाडी केई निशिकोरीसँग २–० को सोझो सेटमा पराजित भए । 

करियरको १००औं उपाधि नजिक रहेका फेडेररले पहिलो सेट ७–६ ले गुमाएका थिए । दोस्रो सेटमा निशिकोरी हावी हुँदा फेडेरर ६–३ ले पराजित भए । एटीपी फाइनल्सको पहिलो खेलमा फेडेरर पराजित भएको यो चौथो पटक हो । सन् २००७ मा भएको संस्करणको पहिलो खेलमा पराजित भए पनि फेडेरर च्याम्पियन बनेका थिए । 

३७ वर्षीय फेडेररले आफ्नो दोस्रो खेलमा डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्नेछन् । थिम दक्षिण अफ्रिकाका केभिन एन्डरसनसँग पराजित भएका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया