आयरल्याण्डमाथि अष्ट्रेलियाको ९ विकेटको जित

 कात्तिक २६, २०७५ सोमबार ९:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटका जित निकालेकाे छ ।  अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले अायरल्याण्डमाथि शानदार जित निकाल्याे । 

आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । हिलीले ३१ ब्लमा नौ चौका र एक छक्का प्रहार गर्दै ५६ रन बनाइन् । त्यस्तै बेथानी मुनीले १४ रन जोडिन् ।

आयरल्याण्डले १५ रन अतिरिक्त दिएको थियो । टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । आयरल्याण्डका लागि किम गार्थले सर्वाधिक २४ रन बनाइन् भने क्लार शिलिङटनले १९ रन जोडिन् । बलिङतर्फ एलिसे पेरीले दुई विकेट लिइन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया