मान्छे बोक्ने ट्रयाक्टर प्रहरी नियन्त्रणमा

 कात्तिक २६, २०७५ सोमबार १४:३०:५८ | रासस
unn.prixa.net

उदयपुर  – उदयपुरमा मान्छे ओसारपसार गर्ने ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिहार सकिने बित्तिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८, मा ट्रयाक्टर दुर्घटनामा तीनजनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाएको हो ।

सोमबार बिहान प्रहरीले उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मान्छे बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ । यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २, भुल्केबाट तीन वटा ट्रयाक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्रयाक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट ६ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्रयाक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया