१६ वर्ष भात नखाएका राजेश हमाल !

 कात्तिक २६, २०७५ सोमबार १५:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल ।

कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नु पथ्र्यो । उनिलाई सानो भए पनि भूमिका दिनै पथ्र्यो । उनले चलचित्रमा बोलेका संवादहरु बच्चादेखि वृद्धसम्मको मुखमुखमा झुण्डिने गथ्र्यो । कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग तुलना गर्ने गर्दछन् । 

हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भातसमेत खाएनन् । अहिले पनि उनी भात निकै कम खाने गर्छन् ।

भातमा कार्बोहाइड्रेट्सको  मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको उनी बताउँछन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको उनको भनाई छ । 

पहिले–पहिले उनी धुम्रपानसमेत गर्ने गर्थे तर बिस्तारै उनले आफूलाई धुम्रपानबाट टाढा बनाए । उनीसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धुम्रपानबाट टाढा रहन सुझाव दिन्छन् ।

पछिल्लो समय उनी चलचित्र नगरीबाट टाढा छन् । तर पनि विभिन्न टेलिभिजन कार्यक्रमतथा विज्ञापनहरुमा भने व्यस्त रहेका छन् ।

-उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया