पहिलो पटक नेपालमा एयर बस ए–२२०  ले गर्‍याे ल्याण्डिङ

 कात्तिक २६, २०७५ सोमबार १७:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एयर बस फेमिलीको नयाँ अतिरिक्त व्यावसायिक एयरक्राफ्ट,  ए २२०ले विश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक भ्रमण गरेको छ ।

सानो एकल–आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरियो ।  १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने  यो एयरक्राफ्ट चीन, नेपाल, टर्की र थाइल्यान्ड गरी ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाइमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ ।

१००–१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए२२० ले अजय इन्धन क्षमता अनि राम्रो आराम प्रदान गर्दछ । यो विमानले स्टेट अफ् द आर्ट एरोडायनामिक, एड्भान्स्ड  मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको PW1500G भएको इन्जिनका साथ यो विमानले साधारण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गराउनुका साथै पहिलाको विमानभन्दा धेरै आरामदायक पनि रहेको छ । 

यो विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भैसकेको छ । ए २२० विमानले बजारमा १००–१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार गर्ने छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया