आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
नवलपरासी – नवलपरासीको गैडाकोट नगरपालिका १४, अमरापुरीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।
दुर्घटनामा परि घाइते हुनुभएकी दा¨ थिलकपुर गाउ“पालिका बस्ने ७० वर्षीया गंगा बिकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।
दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको थियो । बस पल्टिँदा बसमा सवार पच्चिस जना घाइते भएका थिए ।
घाइतेमध्ये अहिले नया“ मेडिकल कलेज भरतपुरमा चार जना र पुरानो मेडिकल कलेज भरतपुरमा पा“चजनाको उपचार भइरहेको छ । अन्य घाइते उपचार पछि घर फर्किसकेको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।