कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
वैशाख २१ – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार घोषणा नहुने भएको छ ।
पुरस्कार घोषणा गर्ने स्वीडिस एकेडेमी सदस्यमध्ये एक कट्रिना फ्रस्टेन्सनका पति फ्रान्सेली फोटोग्राफर जीन क्लाउड आर्नल्टलाई विभिन्न महिलाले यौन दुराचारको आरोप लगाएका कारण यौन दुराचारीकी श्रीमती सम्मिलित निर्णायक मण्डलले विजेता छान्दा राम्रो सन्देश नजाने हुँदा घोषणा रोकिएको बताइएको छ । #MeToo क्याम्पेनबाट प्रेरित हुँदै १८ जना महिलाले आर्नल्टमाथि विभिन्न आरोप लगाएका थिए ।
श्रीमती एकेडेमी सदस्य भएको फाइदा उठाउँदै आर्नल्टले अघिल्ला संस्करणहरुमा पनि ७ जना नोबेल पुरस्कार विजेताको नाम पहिले नै खुलासा गरेको आरोप पनि छ । यद्यपि, आर्नल्टले यी दुवै आरोपहरु निराधार भएको बताउँदै आएका छन् ।
सन् १९०१ बाट सुरु भएको नोबेल साहित्य पुरस्कार सन् १९३६ र दुई विश्वयुद्धताका बाहेक कहिल्यै रोकिएको थिएन । आर्नल्टलाई १८ महिलाले यौन शोषण तथा उत्पीडनको आरोप लगाएका थिए । अर्को वर्ष दुइवटा पुरस्कार एकैचोटी घोषणा गरिने एकेडेमीले जनाएको छ ।
१९३६ मा यसैगरी पुरस्कारको घोषणा रोकिएको थियो । रोकिएको त्यसको एक वर्षपछि प्रदान गरिएको थियो । अमेरिकी नाटककार इयुजिन ओ निललाई १९३६ को नोबेल साहित्य पुरस्कार १९३७ मा प्रदान गरिएको थियो ।