एटीपी फाइनलकाे पहिलो खेलमा जोकोभिच विजयी

 कात्तिक २७, २०७५ मंगलबार ८:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर एक नोभाक जोकोभिच एटीपी फाइनल्सको पहिलो खेलमा विजयी भएका छन् ।

लण्डनको ओटू एरेनामा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले अमेरिकाका जोन इस्नरलाई हराउँदै प्रतियोगिताको दाबेदारीता प्रस्तुत गरेका छन् । ३१ वर्षे जोकोभिचले इस्नरमाथि २–० को सहज जित निकाले ।

विश्व वरियताको १०औं स्थानमा रहेका इस्नरलाई जोकोभिचले ६–४ र ६–३ को सोझो सेटमा हराए । पहिलो पटक एटिपी फाइनल्स खेलेका इस्नरमाथि जोकोभिचले पहिलो सेटको पाँचौं र दोस्रो सेटको छैटौं खेलमा ब्रेक गरेक थिए ।

यसअघि जर्मनीका अलेक्जेन्दर ज्भेरेभले क्रोएसियाका मरिन सिलिचलाई ७–६ र ७–६ को प्रतिष्पर्धात्मक सेटमा हराएका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया