महिला टी–२० विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई हरायाे

 कात्तिक २७, २०७५ मंगलबार ९:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई हराएको छ । वर्षाले प्रभावित खेलमा इंग्ल्याण्डमाथि डकवर्थ लुइस नियम अनुसार सात विकेटले पराजित गर्‍याे । 

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा नौ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । इनिङको पूरै ओभर खेले पनि बंगलादेशकी आयशा रहमानले ३९ रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । जहानारा अलमले १२ र रुमाना अहमेदले १० रन बनाए भने चार जना खेलाडीले खाता नै खोल्न सकेनन् । 

बलिङतर्फ इंग्ल्याण्डकी क्रिष्टी गोर्डनले तीन विकेट लिइन् । 

७७ रनको झिनो लक्ष्य पछ्याएको इंग्ल्याण्डकी ओपनर ड्यानी वेट पहिलो बलमा नै आउट भइन् । १३ रनको अवस्थामा ट्यामी ब्युमन्ट दोस्रो विकेटका रुपमा आउट भइन् । त्यसपछि नताली स्किभर र एमी जोन्सले सम्हालिएको प्रदर्शन गरे । स्किभरले १७ बलमा २३ रन बनाएर आउट भइन् । 

नौ ओभरमा इंग्ल्याण्डले ५५ रन बनाएपछि ग्रस आइस्लेट मैदानमा बर्षा भयो । करिव आधा घण्टापछि सुचारु हुँदा खेल १६ ओभरमा झारिएको थियो भने इंग्ल्याण्डलाई ६४ रनको नयाँ लक्ष्य दिइएको थियो । 

जुन लक्ष्य लक्ष्य इंग्ल्याण्डले तीन बलमा नै पूरा गर्‍याे । नवौं ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र तेस्रो बलमा एक रन लिँदै हिथर नाइटले इंग्ल्याण्डलाई जित दिलाइन् । 

जितसँगै इंग्ल्याण्ड तीन अंक बनाउँदै समूह एको शीर्ष थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया