अाेलम्पिक छनाेट : नेपाल र बंगलादेश खेल्दै

 कात्तिक २७, २०७५ मंगलबार ९:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० मा हुने टोकियो ओलम्पिक अन्तर्गत एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले अाज बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।

म्यानमारको याङगोनकाे थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन ।

यता बंगलादेश दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ । अाजको खेलमा नेपालले बंगलादेशलाई धेरै गोल अन्तरले हराएमा र भारत र म्यानमार बीचका खेलमा एक टिमले भारी अन्तरले विजयी भएमा नेपालले दोस्रो चरणमा स्थान बनाउनेछ ।

भारतले पहिलो खेलमा नेपालसँग एक एक गोलको बराबरी खेलेपछि दोस्रो खेलमा बंगलादेशलाई सात एक गोलले हराएपछि म्यानमारसँग समान चार अंक भए पनि गोल अन्तरको आधारमा समूहको शीर्ष स्थानमा छ । यस्तै म्यानमार दोस्रो स्थानमा छ ।

नेपालको दुई खेलबाट दुई अंक रहेको छ । यता म्यानमारले पहिलो खेलमा बंगलादेशलाई पाँच शून्यले हराएको थियो भने नेपालसँग बराबरी खेलेको थियो । अाज नेपाल बराबरीमा रोकिएमा उसलाई समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका आधारमा दोस्रो चरणमा स्थान बनाउने संभावना हुनेछ ।

नेपाल र बंगलादेश महिला फुटबलमा चिरप्रतिद्धन्द्धी टिम हुन् । महिला साफ फुटबलको पहिलो संस्करणदेखि एक अर्काविरुद्ध भिडेका यी दुई टिमले अहिलेसम्म दुई पटक खेलका छन् र दुबै पटक नेपाल विजयी भएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया