फ्रान्सका मुख्य खेलाडी मैदान बाहिर

 कात्तिक २७, २०७५ मंगलबार १०:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेसन्स लिग अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा फ्रान्सका केही मुख्य खेलाडी मैदान बाहिर नै रहने भएका छन् ।

चोटका कारण पाउल पोग्बा, एन्थोनी मार्सियल, अलेक्सान्द्रे लाकाजेटी र बेन्जामिन मेन्डी खेल्न पाउने छैनन् । म्यान्चेष्टर डर्वी खेलमा युनाइटेडका पोग्बाको तिघ्रामा चोट लागेको थियो भने मार्सियलको कम्मरमा समस्या आयो ।

सिटीका बेन्जामिन मेन्डीले पनि घुँडाको इन्ज्युरीका कारण खेल गुमाउनेछन् । तीन खेलाडी घाइते भएपछि प्रशिक्षक डिडियर डेसच्याम्पले आर्सनलका फरवार्ड अलेक्सान्द्रे लाकाजेटी र टोटनह्यामका मिडफिल्डर माउसा सिसोकोलाई टिममा बोलाएका थिए ।

तर आर्सनलको मेडिकल टिमले लाकाजेटी फिट नभएको बताएपछि फ्रान्सेली टिममा बोरुरिया मोन्चेनग्लाडबाकका फरवार्ड अलासेन प्लीलाई बोलाइएको छ ।

यूईएफए नेसन्स लिगमा फ्रान्सले शनिबार नेदरल्याण्डको सामना गर्नेछ भने अर्को शुक्रबा उरुग्वेसँग मैत्रिपूर्ण खेल खेल्नेछ । युइएफए नेशन्स लिगमा फ्रान्स तीन खेलबाट सात अंक बनाउँदै शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया