अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।