राखेप उपाध्यक्ष्यमा मनाेनित तिम्सेनासहित अन्य दुर्इ सदस्यले पनि लिए शपथ

 कात्तिक २८, २०७५ बुधबार १३:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा पिताम्बर तिम्सेनाले सपथ लिनुभएकाे छ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकबाट राखेपको सदस्यमा काठमाडौंका तिम्सेनासहित पोखराका राजेश गुरुङ र ओखलढुंगाकी इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

तीन जना सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर विश्वकर्माले पद तथा शपथ ग्रहण गराएलगत्तै तिम्सेनाले उपाध्यक्ष पदको सपथ लिनुभएकाे थियाे। मनाेनित सबैजनाले बुधबारबाटै पद पनि सम्हालेका छन् ।

तिम्सेनाले यसअघि पनि २०६६ सालमा परिषद्को उपाध्यक्षका रूपमा काम गर्नुभएकाे थियाे । लामा टेण्डी शेर्पाको कार्यकाल सकिएपछि राखेपमा उपाध्यक्ष पद रिक्त रहेको थियो ।

सपथ ग्रहण समारोहमा मन्त्री विश्वकर्माले राखेपमा पदाधिकारीहरु पूर्ति भएकाले काम गर्न सहज हुने विश्वास गर्नुभयाे ।  राखेपमा सदस्य सचिवको जिम्मेवारी बढी हुने भए पनि सबै पदाधिकारीको साथ र सहयोग लिएर खेलकुदको विकासमा लाग्न उहाँले निर्देशन पनि दिनुभयाे ।  

उपाध्यक्ष तिम्सेनाले विगतमा आफूले राखेपमा नेतृत्व गरेकाले  त्याे अनुभवलाई अब प्रयोग गर्ने बेला आएको बताउनुभयाे। विगतमा आफू अन्यायका विरुद्ध र खेलकुदका विकासमा लडेकाले अब पनि खेलकुदमा कुनै पनि गलत गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

राखेपका सदस्य सचिव केशबकुमार विष्टले  सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आसन्न ८ औं राष्ट्रिय खेलकूद र १३औं सागको तयारीमा जुट्ने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया