एउटा एसएमएसले अार्इपीएलका दश कराेडका खेलाडीकाे छुट्टी

 कात्तिक २८, २०७५ बुधबार १५:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई गएको वर्ष आईपीएलको अक्सनमा ९ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको कोलकाता नाइट राइटर्सले टिमको आबद्धताबाट मुक्त गरेको छ ।

क्लबले उनलाई एउटा एसएमएस गरेर अब कोलकाता नाइट राइटर्ससँग उनको कुनै सम्बन्ध नरहेको जानकारी गराएको हो । गएको वर्ष यति धेरै रकममा भित्र्याए पनि स्टार्कले खुट्टाको चोटका कारण कोलकाता नाइट राइटर्सको तर्फबाट एउटै खेल पनि खेल्न सकेनन् ।

स्टार्कले आईपीएलसँगको आफ्नो सम्बन्ध टुटेका बारेमा जानकारी दिँदै भने, ‘ एकदिन अघि केकेआरका मालिकहरुको तर्फबाट एउटा एसएमएस आयो जसमा टिमसँग मेरो सम्बन्धर सम्झौता सकिएको कुरा लेखिएको थियो ।’

स्टार्कले स्पष्ट रुपमा यसवर्षको आईपीएलमा अन्य कुनै टिमबाट सहभागिता जनाउने आशय नभएको पनि बताएका छन् । 

आईपीएल नखेल्ने क्रममा उनले राम्रै आराम पाउनेछन् जसको फाइदा उनको राष्ट्रिय टोलीलाई आउँदै गरेको आईसीसी विश्वकप र त्यसलगत्तै हुने एशेज श्रृंखलाका लागि हुनेछ ।  

उनका अनुसार आउँदो वर्ष उनको टिमलाई इंग्ल्याण्डमा ६ महिना लामो अवधि क्रिकेट खेल्नु छ र त्यसका लागि उनी आफूलाई स्फूर्त राख्न चाहन्छन् ।

स्टार्कको यो निर्णयलाई अष्ट्रेलियाका क्रिकेटरहरुले उनी टेस्ट र एक दिवसीय क्रिकेटमै ध्यान दिउन् भन्ने मागसँग पनि जोडेर हेर्न सकिन्छ । उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीमा आफू एक वर्षभन्दा बढी समयको सम्झौताको माग गरेका थिए र त्यसको बदला उनले राष्ट्रिय टोलीबाट टेस्ट र एक दिवसीय क्रिकेट खेल्नुपर्ने तय भएको थियो ।

त्यसै हिसाबले पनि कोलकाता नाइट राइडर्सबाट आफू निकालिनु र अर्को टिमबाट आईपीएल खेल्न नचाहेको बताउनु अस्वाभाविक होइन ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया