माईखोलामा डुबेर एकको मृत्यु

 कात्तिक २८, २०७५ बुधबार २०:१:४९ | सुजता सुनुवार

इलाम – पौडी खेल्ने क्रममा इलामको माईखोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो २ बजे माइखोलामा पौडी खेल्ने क्रममा इलाम तिल्केनीका लेखराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

१७ वर्षका मृतक लिम्बू सुस्तमनस्थितिको रहेको जनाइएको छ । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया