नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गर्दै

 कात्तिक २९, २०७५ बिहिबार ८:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । 

बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेला बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएक बेला राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो ।

रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन् ।  बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

यतिबेला धेरैजसो बैंकहरुको निक्षेप तथा कर्जा बीचको अनुपात अर्थात सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको अवस्थामा रिभर्स रिपो जारी गर्न लागेको हो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया