पश्चिम भारतीय रितिरिवाजमा रणवीर र दीपिकाको विवाह, फेरि सिन्धी रितिरिवाजमा विवाह हुने

 कात्तिक २९, २०७५ बिहिबार ८:४४:३९ | एजेन्सी
unn.prixa.net

विवाहका कारण लामो समयदेखि चर्चामा रहँदै आएका बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणले नोभेम्बर १४ मा विवाह गरेका छन् । इटलीको लेक कोमोस्थित भिला डेल बालबीएनलोमा उनीहरुको विवाह सम्पन्न भएको छ ।

दीपिका रणवीरको विवाह पश्चिम भारतीय पारम्पारिक कोंकणी रितिरिवाजमा सम्पन्न भएको हो । यस विवाहमा सात फेरा नभई चारवटा फेरा मात्रै लिएर विवाह गरिन्छ । कोंकणी रितिरिवाज पश्चात् आज (नोभेम्बर १५) मा दीपिका रणवीरले सिन्धी रितिरिवाजमा फेरि विवाह गर्नेछन् । 

दीपिका रणवीरको विवाहको एउटा पनि आधिकारीक तस्बिर सार्वजनिक गरिएको छैन । सामाजिक संजालहरुमा विवाहका भइरहेको स्थान लेक कोमोको भिला डेल बालबीएनलोका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु यतिबेला भाइरल भइरहेका छन् । 

लेक कोमो दीपिकाको निकै मनपर्ने ठाउँ हो । यही कारण उनले स्वीजरल्याण्ड जस्तो सुन्दर देशको अफर पनि अस्विकार गरिदिएकी थिइन् । स्वीजरल्याण्डलेसमेत रणवीर दीपिकालाई  आफ्नो देशमा आएर विवाह गर्न अफर दिएको थियो । 

दीपिका रणवीरको विवाहका लागि यो भिला ५ दिनका लागि बुक गरिएको छ । जसलाई लिलि र गुलाबका फूलहरुले निकै सुन्दर तरिकाले सजाइएको छ । भिलाको सजावट र सुरक्षको लागि लाखौं रुपैयाँ खर्च गरिएको छ । 
  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया