दुर्घटनामा नेमकिपाकी केन्द्रीय सदस्य गाेमा शाहीकाे निधन

 कात्तिक २९, २०७५ बिहिबार ९:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – कोहलपुरमा सडक दुर्घटनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार ज्यान गएको छ । 

बुधबार राति बाँकेको कोहलपुरमा भे १ च १६६२ नम्बरको म्याजिक भ्यानले शाही सवार भे २ प ३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार शाहीको ज्यान गएको हो ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाइ विद्युतरोडमा सडक पार गर्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते शाहीको शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकल चालक अञ्जीर शाही पनि घाइते हुनुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया