महोत्तरीको जलेश्वरमा शहीदहरुको शालिक अनावरण

 कात्तिक २९, २०७५ बिहिबार १७:१५:३७ | धनवीर महतो

महोत्तरी – महोत्तरीको जलेश्वरमा तेस्रो मधेश आन्दोलनको क्रममा सहादत प्राप्त भएका शहीदहरुको शालिक स्थापित भएको छ । 

आन्दोलनको क्रममा विभिन्न स्थानमा सहादत प्राप्त गर्नु भएका गणेश चौधरी, रोहन चौधरी, विरेन्द्र विच्छा, अमित कापर, रामशिला मण्डल, रामविवेक यादवको शालिक जलेश्वरस्थित शहीद वाटिकामा निर्मित भएको हो ।

प्रदेश नं. २ का मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाको आर्थिक सहयोगमा निर्मित शालिकको अनावरण मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको हो ।

शालिक अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार शहीदहरुको सपना सकार पार्नका लागि तत्पर रहेकाले उनीहरुले देखाएको पथप्रर्दशकलाई मनन गर्दै प्रदेश सरकार हिँड्नका लागि तयार रहेको धारणा राख्नुभयो ।

शहीदहरुको बलिदानीकै कारण मुलुकमा संघीयता स्थापित भएकोले उनीहरुको सहादतलाई प्रदेश सरकारले खेर जान नदिनेमा मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाउनुभयो ।

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राष्ट्रिय सभाका सदस्य वृषेशचन्द्र लाल, राजनीतिक विश्लेषक सिके लाल, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झासहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया