सरकारले पूर्वराजा वीरेन्द्रकाे सम्पत्ति नेपाल ट्रष्ट अन्तर्गत ल्याउने

 कात्तिक २९, २०७५ बिहिबार १८:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गएको आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा भएका निर्णयहरु आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आइतबार भएका २२ ओटा निर्णयहरु सार्वजनिक गर्नुभएकाे हाे ।

सार्वजनिक भएका निर्णयहरुका अनुुसार सरकारले पूर्वराजा वीरेन्द्रको नाममा रहेको सम्पति नेपाल ट्रष्ट मातहतमा ल्याउने भएकाे छ । साथै डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेकाे छ भने  इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता र उहाँको ठाउँमा अञ्जान शाक्य शिफारिस गरेकाे छ ।

त्यस्तै, सरकारले पूर्वराजदूत निलाम्बर आचार्यलाई भारतका लागि आवासीय र अफगानिस्तान र भुटानका लगि गैर आवासीय राजदूत शिफारिस गरेकाे छ भने
पूर्वराजदूत उदयराज पाण्डेलाई मलेशियाका लागि आवासीय तथा इण्डोनेशिया र ब्रुनाईका लागि गैर आवासीय राजदूत शिफारिस गरेकाे छ ।

यसै क्रममा कृष्णप्रसाद भेटवाललार्इ यूएईका लागि आवासीय राजदूत शिफारिस भएका छन् भने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर रार्इ मन्त्रालय फिर्ता बाेलार्इएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया