घरेलु कामदारका हकमा गन्तव्य देशहरुसँग द्विपक्षीय सम्झौता गर्न माग

 कात्तिक २९, २०७५ बिहिबार १८:१७:४९ | उज्यालो सहकर्मी

काठमाडौं – आप्रवासी घरेलु कामदारका हकमा गन्तव्य देशहरुसँग द्विपक्षीय सम्झौता गर्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले माग गरेको छ । 

महिलाहरुलाई खाडीका देशमा घरेलु काममा जान रोक लगाउँदा असुरक्षित रुपमा जाने क्रम बढेको भन्दै सञ्जालले सञ्जालले प्रतिबन्ध हटाएर घरेलु महिला आप्रवासी कामदारको अधिकारको प्रत्याभुति गराउन पनि सरकारसँग माग गरेको हो ।

घरेलु कामदारका अगुवा, आप्रवासी अधिकारवादी संस्थाका प्रतिनिधि, ट्रेड युनियन र महिला अधिकारकर्मी संस्थाका प्रतिनिधि सम्मिलित सञ्जालको काठमाडौं बिहीबार भएको बैठकले यस्तो माग गरेको हो । 

सञ्जालले आइएलओ महासन्धी १८९ कार्यान्वयन गर्न पनि माग गरेको छ । महासन्धी १८९ अनुमोदन गरी त्यसमा रहेका प्रावधान कानुनमै समावेश गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको हो । 

विभिन्न समयमा गरिएका अध्ययनहरुले अहिले घरेलु कामदारले न्युनतलम तलब नपाएको, ८ घण्टाभन्दा बढी काम गरेपनि अतिरिक्त पारिश्रमिक नपाएको, खाना र बासको व्यवस्था राम्रो नभएको, सञ्चार सुविधा समेत नपाएका घरेलु कामदारले हिँडडुल गर्ने स्वतन्त्रता पनि नपाएको भन्दै सञ्जालले कामदार यी अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । 

सम्झौतामा कामदारले काम गर्ने समय, आराम, बिदा, पारिश्रमिक, परिवारसँगको सम्पर्क, सामाजिक सुरक्षा र व्यवसायजन्य सुरक्षा जस्ता मापदण्ड अनिवार्य रुपमा समावेश हुनुपर्ने सञ्जालको भनाई छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया