तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गयो

 कात्तिक २९, २०७५ बिहिबार १९:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । 

भानु–४, चिसापानी जोखनेकी ४ वर्षीया रन्जिता लम्सालको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको आँगनमा खेल्ने क्रममा साँझ ५ बजे चितुवाले घाँटीमा आक्रमण गरेर घाइते बनाएका थियो । उपचारको क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले बालिकालाई मृत घोषित गरेका हुन् । 

मृतक बालिकाको बुवा कृष्ण लम्साल रोजगारीको सिलसिलामा विदेशमा छन् ।  उनी दुई दाजु र आमा सरस्वती लम्सालको साथमा बस्दै आएकी थिइन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया