हतियार देखाएर ठेक्का कब्जा गर्ने चार जना पक्राउ

 जेठ २७, २०७५ आइतबार १८:५५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरीले हतियार देखाएर ठेक्का कब्जा गर्ने, पैसा असुल्ने, चर्को ब्याज लिने लगायतका काम गर्ने चार जनालाई पक्राउ गरी कारबाही सुरु गरेको छ ।

हातहतियार खरखजना उैन अनुसार हातहतियार राखेका केही व्यक्तिले हतियारलाई कमाउ धन्दा बनाएको भन्दै प्रहरीले काठमाडौं र ललितपुरका चार जनाको इजाजत रद्द गर्नुका साथै उनीहरुमाथि कारबाही अगाडि बढाएको छ ।

ती व्यक्तिहरुलाई अपहरण तथा शारिर बन्धक तथा सार्वजनिक अपराध अन्तरगत कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, काभ्रेकै बलराम सापकोटा, सोलुखुम्बुका आङकाजी शेर्पा र मोरङका रघुनाथ पूरी रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया