आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

 कात्तिक २६, २०७६ मंगलबार १५:१०:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौमा आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले मंगलबारदेखि सम्मेलन सुरु भएको हो ।

मंगलबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौती, व्यवसाय र मानव अधिकारको जवाफदेहीता तथा न्यायमा पहुँचको सुनिश्चितता लगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने देशका मानव अधिकार क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि सहभागी छन ।

३० देशका ६२ भन्दा धेरै प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया