मलेसियामा कोरोना सङ्क्रमितमध्ये ९७ प्रतिशत निको, खाडीमा यी कारणले बढ्यो सङ्क्रमण

 असार २५, २०७७ बिहिबार ९:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा कोरोना सङ्क्रमितमध्ये ९७ दशमलव ८० प्रतिशत निको भएका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ हजार ६७७ जनामा कोरोना सङ्क्रमण भएकोमा ८ हजार ४८६ जना निको भएका छन् भने ७० जनाको अस्पतालमा उपचार भइरहेको छ । १२१ जनाको कोरोनाको कारण ज्यान गएको छ । 

सुरुवाती दिनमा खाडीका देशको तुलनामा छिटोछिटो सङ्क्रमण फैलिएको मलेसियामा पछिल्लो समय नयाँ सङ्क्रमित घटेका छन् । तर खाडीका देशमा भने अहिले पनि सङ्क्रमण दर निकै बढ्दो छ । 

मलेसियामा हिजो बुधबार स्थानीयस्तरमा एक जनामा पनि कोरोना सङ्क्रमण भेटिएको छैन । मार्च महिनादेखि सङ्क्रमण फैलिएको मलेसियामा यसअघि गएको जुलाइ १ मा एक जनामा पनि सङ्क्रमण भेटिएको थिएन । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको लकडाउनको आज बिहीबार ११४ औं दिन हो ।

सुरुवाती दिनमा खाडीका देशको तुलनामा छिटोछिटो सङ्क्रमण फैलिएको मलेसियामा पछिल्लो समय नयाँ सङ्क्रमित घटेका छन् । तर खाडीका देशमा भने अहिले पनि सङ्क्रमण दर निकै बढ्दो छ । 

तर झण्डै एक महिना अघिदेखि मलेसियाले निको हुने चरणमा प्रवेश गरेको भन्दै ‘रिकोभरी मोमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेको छ । मलेसियामा कार्यरत नेपालीको सङ्ख्या धेरै भए पनि ८१ जनामा कोरोना सङ्क्रमण देखिएको र उनीहरु यसअघि नै निको भइसकेको जनाइएको छ ।

खाडीका देशमा कोरोना सङ्क्रमित नेपालीको ज्यान गए पनि मलेसियामा सङ्क्रमण भएका नेपालीहरु सामान्य उपचारपछि निको भएका र एक जनाको पनि ज्यान नगएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । 

तर नेपालीको रोजगारीको प्रमुख गन्तव्य खाडीका देशमा अहिले पनि कोरोना सङ्क्रमण बढिरहेको छ । तसङ्क्रमित नेपालीमध्ये ८० प्रतिशत त निको भइसकेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । यी देशमा निको हुनेको सङ्ख्यासँगै नयाँ सङ्क्रमित पनि थपिएका छन् । 

खाडीमा कुन देशमा कति सङ्क्रमित ?

भौगोलिक हिसाबले ठूलो क्षेत्रफल भएको साउदी अरेबियामा अहिलेसम्म दुई लाख २० हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक लाख ५८ हजार ५० जना निको भएका छन् ६० हजार ३५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २ हजार ५९ जनाको ज्यान गएको छ । 

साउदी कोरोना सङ्क्रमित धेरै हुने देशमध्येमा १४ औं स्थानमा  छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार साउदीमा १६ सय ५० नेपाली कोरोना सङ्क्रमित भएका छन् । यसमध्येमा कति नेपाली निको भए भनेर खुलाइएको छैन । तर समग्रमा ८० प्रतिशत निको भएको समितिले जनाएको छ । 

नेपालीको अर्को श्रम गन्तव्य कतारमा १ लाख १ हजार ५५३ जनामा सङ्क्रमण फैलिएको छ । ९६ हजार १०७ जना निको भएका छन् भने ५ हजार ३०८ जना मात्रै निको हुन बाँकी छन् । अहिलेसम्म १३८ जनाले ज्यान गुमाएका छन् । कतारमा २० हजार नेपाली कोरोना सङ्क्रमित भएको भए पनि निको हुनेको सङ्ख्या धेरै रहेको छ । 

यूएईमा सङ्क्रमितको संख्या ५३ हजार ४५ जना पुगेको छ । जसमध्ये ४२ हजार २८२ जना निको भएर घर फिरेका छन् भने १० हजार ४३६ जनाको उपचार भइरहेको छ । यूएईमा २ हजार नेपालीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिले जनाएको छ । 

बहराइनमा ४५१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको र उनीहरुमध्ये ८० प्रतिशत निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् । 

कुवेतमा अहिलेसम्म ५२ हजार ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ४२ हजार १०८ जना निको भएका छन् । ९ हजार ५२० जनाको अस्पतालमा उपचार भइरहेको छ । कुवेतमा अहिलेसम्म ३७९ जनाको कोरोनाको कारण ज्यान गएको छ । कुवेतमा एक हजारभन्दा धेरै नेपाली सङ्क्रमित भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

खाडीको सानो देश ओमानमा ५० हजार २०७ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ३२ हजार ५ जना निको भएका छन् भने १७ हजार ९६९ जनाको अस्पतालमा उपचार भइरहहेका छ । २३३ जनाको कोरोनाको कारण ज्यान गएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार ओमानमा ५० जना नेपालीमा कोरोना पुष्टि भएको छ । 

बहराइनमा ३० हजार ९३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २६ हजार ७३ जना निको भएका छन् । ४ हजार ७६० जनाको अस्पतालमा उपचार भइरहेको छ भने ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ । बहराइनमा ४५१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको र उनीहरुमध्ये ८० प्रतिशत निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् । 

खाडीका देशमा किन बढ्यो सङ्क्रमण ?

नेपाली श्रमिक धेरै रहेका खाडीका देशमा सङ्क्रमित नेपालीको संख्या बढिरहेको छ । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यी देशमा सङ्क्रमित व्यक्तिको नजिक हुनाले र त्यस्ता व्यक्तिको नजिक जाँदा सावधानी नअपनाउनाले सङ्क्रमण बढेको छ । उनीहरुको सम्पर्कमा आएपछि हात नधोएरै मुखमा लगाउँदा सङ्क्रमण बढेको पाइएको उहाँको भनाइ छ ।

संयोजक डा. सापकोटाका अनुसार हेलचेक्र्र्यांइ गरेका कारण धेरैलाई यो भाइरसले छोएको देखिएको छ । यस्तै फ्ल्याट अथवा अपार्टमेन्टमा एकसाथ धेरै जना बस्ने गरेका कारण पनि जति सावधानी अपनाए पनि सङ्क्रमण बढेको देखिन्छ ।

सङ्क्रमण हुन नदिनको लागि सङ्क्रमित व्यक्तिबाट टाढा रहनुपर्छ । यदि उनीहरुको सम्पर्कमा आइयो भने आफूलाई १४ दिनसम्म आइसोलेसनमा राख्नुपर्छ । तर जति सावधानी अपनाउनुपर्ने हो त्यो नहुँदा नेपालीमा सङ्क्रमण धेरै भएको हुनसक्ने उहाँको भनाइ छ । 

बाहिर जाँदा पनि बेवास्ता गर्ने गरेको पाइएको उहाँको भनाइ छ । सङ्क्रमण हुन नदिनको लागि सङ्क्रमित व्यक्तिबाट टाढा रहनुपर्छ । यदि उनीहरुको सम्पर्कमा आइयो भने आफूलाई १४ दिनसम्म आइसोलेसनमा राख्नुपर्छ । तर जति सावधानी अपनाउनुपर्ने हो त्यो नहुँदा नेपालीमा सङ्क्रमण धेरै भएको हुनसक्ने उहाँको भनाइ छ । 

यी देशमा आर्थिक गतिविधि विस्तारै खुले पनि कोरोनाको डर मनमा कम हुँदै गए पनि कोरोनाबाट सङ्क्रमण हुने खतरा टरिसकेको छैन । अझै पनि बाहिर निस्किँदा स्वस्थ व्यक्तिमा पनि सङ्क्रमण हुने खतरा छ । सावधानी अपनाउन छोड्ने अवस्था छैन । अब त कोरोना कम भयो भनेर ढुक्क भएर बस्ने अवस्था पनि छैन ।

कोरोना सर्ने भनेको मुख्यतया हातले नै हो । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने कुरा सबैलाई थाहा भएकै हो । यसमा विशेष ध्यान दिनुपर्छ । यदि यी देशबाट नेपाल फर्कने तयारीमा हुनुहुन्छ भने सङ्क्रमणमुक्त भएर, परीक्षण नेगेटिभ आएपछि मात्र घर फर्कन संयोजक डा. सापकोटाको सुझाव छ । 

यस्तै यात्रा गर्दा जहाजमा सबै कुराको सावधानी अपनाउनुपर्छ । नेपाल फर्किएपछि १४ दिनसम्म सेल्फ क्वरेण्टीनमा बस्नुपर्छ । आफू सङ्क्रमणमुक्त भएपछि मात्र समाजमा घुलमिल भएमा आफू, परिवार र समुदायलाई नै सङ्क्रमणबाट बचाउन सकिन्छ । 

तपाईको प्रतिक्रिया