कुटिएका सुरक्षा गार्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनुसन्धान

 साउन १६, २०७७ शुक्रबार १३:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियो बाहिर आएपछि यस विषयमा त्यहाँ रहेको नेपाली दूतावासले अनुसन्धान थालेको छ ।

हिजोदेखि मलेसियामा कार्यरत एक सुरक्षा गार्डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले लठ्ठीले पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको छ । भिडियोमा पिट्ने व्यक्तिले लगातार बोल्दै पिटिरहेका देखिन्छन् । सुरक्षा गार्डको पोशाक लगाएका व्यक्ति चुपचाप पिटाइ सहिरहेका छन् । सुरक्षा गार्डमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर दृश्य मलेसियाकै रहेको र कुटिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन । मलेसियामा रहेको नेपाली दूतावासले भने मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घटनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ । मलेसियामा सुरक्षागार्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सुरक्षा गार्डको रुपमा काम गर्दैनन् ।

1 Comments

  • Rupeah Serma

    Aug. 2, 2020, 12:55 a.m.

    समाचारमा थोरै गलत लेखिएको छ । सुधार्न हुन विनम्र अनुरोध गर्दछु । हिन्दी भाषा बोल्नेले कुटेको नभएर भिडियो चाहिँ खिचेको हो । कुट्ने मान्छेले त शुद्धसंग मलेसियन भाषा बोलेको छ ।

तपाईको प्रतिक्रिया