अगष्ट ९ देखि खुल्दै बहराइनको श्रम बजार, विदेशी नागरिकलाई पनि कामको अवसर दिइने

 साउन १८, २०७७ आइतबार ११:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकको श्रम गन्तव्य बहराइनले आफ्नो श्रम बजार ९ अगष्टदेखि खुल्ला गर्ने भएको छ ।

कोरोनाको कारण ठप्प भएको रोजगारीका अवसरहरु खुल्नेछन् भने बहराइन सरकारले नयाँ ‘वर्क परमिट’( कामको लागि नयाँ अनुमति) पनि दिने भएको छ । बहराइन सरकारको यो निर्णयले त्यहाँका निजी क्षेत्रले विदेशी कामदार पनि काममा लिन सक्नेछन् ।

अहिलेलाई भने बहराइनमै रहेका विदेशी नागरिक र बहराइन नागरिकका लागि यो निर्णयले महत्व दिएको छ ।

अब बहराइनमा खुल्ने नयाँ रोजगारीका अवसरमा पहिलो प्राथमिकता बहराइनका नागरिकलाई नै दिइने छ भने त्यसपछि बहराइनमै रहेका नेपालीसहित अन्य विदेशी नागरिकले पनि कामका लागि आवेदन दिन सक्नेछन् । कोरोना महामारी सुरु भएसँगै गएको मार्चदेखि नै बहराइनको श्रम बजार ठप्प भएकोे थियो ।

तपाईको प्रतिक्रिया