बिदामा आएकाहरु अब साउदी जान पाउने, रोजगारदाताको नो अब्जेक्सन लेटर भने अनिवार्य

 असोज ४, २०७७ आइतबार १२:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीबाट नेपाल आउनुभएको छ र कोरोना महामारीको कारण फर्कन पाउनुभएको छैन भने अब साउदी फर्कन पाउनुहुने भएको छ ।

त्यसका लागि विभिन्न प्रक्रियाहरु भने पूरा गर्नपर्छ । १. बिदामा घर आउनुभएका वा पुनः आगमन(रि–इन्ट्रि) भिसामा आउनुभएको थियो भने अब कम्पनीले साउदी जान अनुमति दिएको कागजात(नो अब्जेक्सन लेटर) कम्पनीबाट लिनुपर्छ ।

कम्पनीले यो लेटर नदिएको खण्डमा पुनः आगमनको भिसा भए पनि यात्रा नगर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । २. बिदामा साउदी गएका वा पुनः आगमन भिसा भएका तर नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्छ ।

त्यसका लागि रोजगारदाता कम्पनीले काममा फर्कन अनुमति दिएको कागजात (नो अब्जेक्सन लेटर) कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ । यो प्रक्रिया र कागजात पूरा गरेपछि साउदी पुग्नेदिनको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट एऋच् परीक्षण गर्न पर्छ ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट बोर्डिङको समयमा र साउदी विमानस्थलमा आगमनको समयमा देखाउनुपर्छ । साउदी जाने यात्रुले साउदी कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनेर विमानस्थलमा आएपछि कागजातमा हस्ताक्षर गर्नु पर्नेछ ।

यस्तै साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकामा वा भिसाको म्याद सकिएकाहरुको हकमा यही सेम्टेम्बर ३० सम्म भिसा र अकामाको अवधि स्वत नवीकरण हुनेछ ।

अक्टोबर पछिका लागि भने पछि नै अर्को निर्णय गर्ने जनाएको छ । अर्को निर्णय नहुँदासम्म नयाँ स्ट्याम्पिङ पनि नहुने भएको छ ।

तपाईको प्रतिक्रिया