कोरोनाबाट विदेशमा २४४ नेपालीको ज्यान गयो

 असोज ४, २०७७ आइतबार १३:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४  नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  १७ देशमा कार्यरत २४४ नेपालीले अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाएका हुन् ।

गएको साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । 
 

तपाईको प्रतिक्रिया