श्रम अदालत गठन गर्ने सरकारको निर्णय

 कात्तिक ४, २०७७ मंगलबार १५:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ ।

असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाण्डौ मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको हो ।

श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया