विदेशमा थप एक नेपालीको काेराेनाका कारण ज्यान गयाे

 कात्तिक ९, २०७७ आइतबार १३:४:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी महामारी काेराेना सङ्क्रमणबाट गएकाे हप्ता विदेशमा एक जना नेपालीकाे ज्यान गएकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना सङ्क्रमणबाट  भएको हो ।  

एनआरएनए,  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२  नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गएकाे हप्ता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।  हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९  उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिनुभयो । 

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।  शनिबार साँझसम्म  नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ । 

कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया