व्यावसायिक योजना निर्माणका लागि सजिलो मोबाइल एप 'बिज सूत्र'

 पुस १७, २०७७ शुक्रबार १३:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं आफ्नो व्यावसायिक योजना बनाउन नसक्दा समस्यामा हुनुहुन्छ । यदि त्यसो हो भने तपाईंले बिज सूत्र मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ ।

यस मोबाइल एपको प्रयोगबाट आफूले सञ्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भइराखेको व्यवसायकोे तथ्याङ्क तथा सूचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सूचनाहरुको विश्लेषणको आधारमा एपमार्फत नै विशिष्ठ ढाँचामा व्यावसायिक योजना स्वतः निर्माण हुन्छ ।

निड्स नेपाल प्रा.लि.ले डिजिटल प्रविधिमार्फत सजिलै व्यावसायिक योजना निर्माण गर्न बिज सूत्र नामक मोबाइल एप तयार गरि बजारमा ल्याएको हो । यो एप स्मार्ट मोबाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोग गरि उद्यमको आकार हेरी आधा देखि दई घण्टा भित्रमा व्यावसायिक योजना तुरुन्तै निर्माण गर्न सकिने निड्स नेपालले जनाएको छ । 

व्यावसायिक सञ्जाल बढाउन सहयाेगी

​साना तथा मझौला उद्यमीहरुले लक्ष्य अनुसारको सफल व्यवसाय सञ्चालन गर्नका लागि धेरै खालका समस्याहरु भोगिरहेका छन् ।

जसमध्ये व्यावहारिक र प्रभावकारी व्यावसायिक योजना निर्माण नहुनु पनि एक महत्वपूर्ण समस्याको रुपमा रहेको छ । व्यावसायिक योजना निर्माणका लागि श्रोत साधनको अभाव तथा सूचनाको कमी, समय बढी लाग्ने, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायीक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरु लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न सक्दैनन् । यसका साथै सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि बञ्चित छन् । यी सबै समस्यालाई सजिलै सम्बोधन गर्नको लागि बिज सूत्र लाभदायक हुने निड्स नेपाल प्रालीका अध्यक्ष सगुन पुडासैनीको भनाइ छ ।

यस एप मार्फत व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण (नाफा नोक्सान विवरण, प्रति इकाई लागत, लगानीमा प्रतिफल, पारविन्दु, लगानि फिर्ताहुने समय, आवश्यक शुरु पूँजि लगानी, व्यवसायको नगद प्रवाह), व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको  छ । 

यसरी मोबाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रा.लीको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविष्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिने निड्स नेपाल प्रालीले जनाएको छ ।

अब व्यवसायिक  योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमिहरु मात्र नभएर व्यवसायमा लगानि गर्न चाहने बैंक तथा वित्तिय सस्थाहरु, उद्यमी विकासका लागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने कुरा निड्स नेपाल प्रा.लिका अध्यक्ष सगुन पुडासैनीले बताउनु भयो ।
 

1 Comments

  • Lila bahadur hingmang

    Jan. 1, 2021, 9:47 p.m.

    यो साना थुलो सबैलाई सहज हुन सकोस

तपाईको प्रतिक्रिया