साउदीले बन्द गरेकाे अन्तर्राष्ट्रिय उडान आजदेखि खोल्याे

 पुस १९, २०७७ आइतबार १४:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आज त्यहाँको स्थानीय समय ११ बजेदेखि खोलेको छ । 

बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

स्थानीय पत्रिका साउदी ग्याजेटले जनाएअनुसार युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने हुन्छ । 

यस्तै ती देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वेरीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै साउदी ग्याजेटले जनाएको छ । 

साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेकाे थियाे ।

तपाईको प्रतिक्रिया