सुरक्षित वैदेशिक रोजगारीको लागि समुदाय स्तरमा जनचेतना फैलाउँदै नीलकण्ठ नगरपालिका

 फागुन १६, २०७७ आइतबार १०:२०:४३ | रामकुमार थापा
unn.prixa.net

धादिङ – वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन  धादिङको नीलकण्ठ नगरपालिकाले समुदाय स्तरमा जनचेतना फैलाउन थालेको छ । 

सही सूचना र सीप नसिकी विदेश जाँदा श्रमिकले विभिन्न समस्या झेल्न परेको भन्दै नगरपालिकाले गाउँ गाउँमा जनचेतना फैलाउन थालेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक दिनेश दवाडीले जानकारी दिनुभयो ।

‘स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जानै  पर्ने भए सही सूचना र सीप सिकेर जाऔँ’ भन्दै धादिङको चार पालिकामा स्वीस सरकार र नेपाल सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सामी परियोजना सञ्चालन हुदै आएको छ । 

शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तर्गत पहिलो चरणको समूह छलफल सम्पन्न भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको समूह स्तरमै गएर जानकारी गराइएको हो । 

कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा कागजपत्र, सीपको महत्व, इजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र विदेश जानुको फाइदा, रकम वा पासर्पोट बुझाउँदा​ भरपाइ गराउनु पर्ने कारण र यसको फाइदा लगायत जानकारी गराइएको छ । 

यस्तै आप्रवासी श्रोत केन्द्रबाट प्रवाह हुने सेवा, नेपालको विमानस्थलबाट विदेश जाँदाको फाइदा, सीप सिकेर जाँदा हुने, वैदेशिक रोजगारीको कारण उत्पन्न हुने मनोसामाजिक समस्या, लक्षण, वित्तीय साक्षरता कक्षाको फाइदा, पारिवारिक विखण्डन रोक्ने उपायका साथै घरेलु हिंसाबाट उत्पन्न हुने समस्याको बारेमा समेत परदेशीका परिवारलाई जानकारी गराइएको छ । 

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया