एकैदिन विदेशबाट ल्याइए १५ शव, विमानस्थल पुगेर पूर्व प्रधानमन्त्री भट्टराई बने भावुक

 चैत २२, २०७७ आइतबार १५:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो ।

१५ वटै शव त्रिभुवन विमानस्थलमा आइपुगेर पनि त्यहाँबाट मृतकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

शव बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि विमानस्थल पुग्नुभएको थियो । बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका मेघबहादुर कुँवर र सूर्य बिकको शव पनि ल्याइएकाले उनीहरुका आफन्तलाई भेटेर सान्त्वना दिन तथा मृतकलाई श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुग्नुभएकाे हाे । 

शवलाई बुझ्न आएका आफन्तहरुको पीडालाई देखेर आफूले आँसु थाम्न नसकेको भन्दै उहाँले दुःख प्रकट गर्नुभएको छ ।
 

तपाईको प्रतिक्रिया