सबै भिसा वाहकलाई ओमान प्रवेशमा अनुमति

 बैशाख ५, २०७८ आइतबार १४:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओेमान सरकारले सबै भिसा वाहकलाई आफ्नाे देश प्रवेशमा अनुमति दिएकाे छ । शुक्रबार ओमानको वायु सेवा निगमले सम्बन्धित सबै निकायसँग समन्वय गरिसकेकाले सबै भिसा वाहकलाई ओमान प्रवेशमा अनुमति दिएकाे गल्फ न्युजले जनाएको छ  । 

ओमानले बढ्दै गएकाे काेराेना सङ्क्रमणलाई मध्येनजर गर्दै गएको अप्रिल ७ देखि आफ्नो देशका नागरिक र आवासीय भिसा वाहक नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो ।

ओमानमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बढ्दै गएको छ । ओमानका सबै अस्पतालमा रहेका आईसीयू वार्ड कोरोना सङ्क्रमित बिरामीले भरिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लगभग ५० लाख जनसंख्या भएको ओमानमा अहिलेसम्म एक लाख ७६ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक हजार ८ सय २१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।
 

तपाईको प्रतिक्रिया