कुवेत : गैरकानुनी भएका श्रमिकलाई कानुनी अवस्था सच्याउन म्याद थप, नसच्याए ‘डिपोर्ट’ गरिने

 बैशाख ५, २०७८ आइतबार १६:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ ।

अघिल्लो पटकको म्याद गएको बिहीबार सकिएसँगै कुवेतले फेरि एक महिना समयावधि थप गरेको गल्फ न्युजले जनाएको छ । थप गरिएको समयावधि मे १५ भित्रमा  आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चार पटक यो अवधि बढाइसकेको छ । गएको वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै कुवेतले यस्तो अवसर दिन थालेको हो । कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि याे अवसरकाे फाइदा लिन सक्नेछन् ।

कुवेतमा अवैधानिक भएर बसेका आप्रवासी यति नै छन् भन्ने कुनै तथ्यांक नभए पनि अघिल्लो वर्ष कुवेतमा भिसा उल्लंघन गरेका एक लाख जना जति आप्रवासी रहेको जनाइएको छ ।

 
 
 

तपाईको प्रतिक्रिया