वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै

 असोज १०, २०७८ आइतबार १६:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजनाले विदेश जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

महिलाहरुले गार्मेन्ट र पुरुषले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । पुरुषहरुको लागि तालिम काठमाण्डौ, धनुषा र झापाबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाको लागि तोकिएको गार्मेन्टको तालिमकाे लागि भने काठमाण्डौमै आउनुपर्ने हुन्छ । 

तालिम लिनको लागि पासपोर्ट र नागरिकता पेस गर्नुपर्छ । उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद १९ देखि ३० वर्ष रहेको छ । यस्तै शैक्षिक योग्यता सामान्यदेखि दश कक्षा उत्तीर्ण तोकेको छ । तालिमको लागि चाहिने सेफ्टी सु र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । तालिम दशैँ लगत्तै सञ्चालन हुने सामीले जनाएको छ । 

तालिममा भर्ना हुन चाहनेले ९८४०२४८०३४ मा सम्पर्क गरेर आफ्ना सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।


 

तपाईको प्रतिक्रिया