वैदेशिक रोजगारीमा जान भदौ महिनामा मात्रै ३६ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

 असोज १४, २०७८ बिहिबार १७:८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भदौ महिनामा मात्रै ३६ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्  ।

वैदेशिक रोजगार विभागका अनुसार १८ सय २२ जना महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । 

महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेका छन् ।

१८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् । यस्तै १२ हजार ९३५ जना पुरुष र ६९० जना  दक्ष महिलाहरूले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । 

२६ सय ७१ अर्ध दक्ष श्रमिक बिदेसिएका छन् भने २७ जना व्यवसायीक र ८ जना उच्च सीप भएकाहरूले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया