गाडी नचल्दा विदेशबाट फर्कनेहरु समस्यामा, विमानस्थलबाट कोटेश्वर जान हजार रुपैयाँ !

 बैशाख ३०, २०७९ शुक्रबार ९:३५:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावको सुरक्षाका कारण सरकारले गाडी चलाउन रोक लगाएको छ । अत्यावश्यक सेवा बाहेकका गाडी चलेका छैनन्। गाडी नचल्दा विदेशबाट फर्केकाहरु समस्यामा परेका छन्। विमानस्थलबाट चल्ने हरियो नम्बर प्लेटका ट्याक्सीले मनोमानी गरेका छन् । 

जजिरा एअरको जहाजबाट बिहान साढे ६ बजे काठमाण्डाै आइपुग्नुभएका मोरङको पथरीका स्वदेश राई समस्यामा पर्नुभयो । विमानस्थल बाहिर आएपछि ट्याक्सी त पाउनुभयो तर कोटेश्वर जानकै लागि एक हजार रुपैयाँ मागियो । २ किलोमिटर दूरीको भाडा हजार रुपैयाँ मागेपछि राईले हिँडेरै कोटेश्वर जाने निधो गर्नुभयो ।

'विदेशमा ठगिनु त नौलो भएन तर देशमै पनि ठग्न खोज्ने रहेछन्, ट्याक्सीले त अप्ठ्याराे परेको बेला झन् अप्ठ्याराेमा पारे' राईले गुनासो गर्नुभयो । सडकको रमाइलो हेर्दै आज कोटेश्वरमा आफन्तकोमा बस्ने र भोलि गाडी चलेपछि मोरङ जाने स्वदेश राईको योजना छ ।
 

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Unknown

    May 13, 2022, 10:21 a.m.

    सरकार नै पूँजीवादीको छ , यस्तो कुरा सामान्य हो /

तपाईको प्रतिक्रिया