साउदीमा दूतावासको सेल्टरबाटै हराएका सन्तोष भेटिए, दूतावासले पठायो स्वदेश

 जेठ ५, २०७९ बिहिबार ११:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष साहको खाजी गरी दूतावासले नेपाल पठाएको छ ।

एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका सन्तोष बुधबार भेटिएपछि बुधाबार नै दूतावासले नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाएको हो । 

दूतावासका अनुसार सन्तोषलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला परी दूतावासमा सम्पर्क गरेका थिए । 

दूतावासले सन्तोषको तत्काल उद्धार गरी स्वास्थ्य जाँच तथा उपचार गरी नेपाल पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तले सन्तोषलाई लिएका छन् ।

१९ अप्रिल अर्थात् वैशाख ५ गते राती करिब साढे ९ बजेतिर अरू सुतेको मौका पारी रियादको बथा भन्ने ठाउँबाट सन्तोष बाहिर निस्कनुभएको थियो । 

दूतावासका अनुसार डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने सन्तोषलाई दूतावासले सेल्टरमा राखी नेपाल पठाउने प्रक्रिया सुरु गरेको थियो । उहाँको स्वदेश फर्कनका लागि एक्जिट भिसासमेत प्राप्त भइसकेकाले दूतावासले तत्काल नेपाल पठाएको हो । 

 

तपाईको प्रतिक्रिया