छनौट भएका श्रमिक इजरायल पठाउन सरकारले वैकल्पिक उपाय खोज्दै छ : विभाग

 असार ३, २०७९ शुक्रबार १६:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा  सहयोगी कामदारका रूपमा छनौट भएकाहरूलाई पठाउन आवश्यक प्रक्रिया जारी रहेको जनाएको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले छनौट भएका श्रमिकहरूलाई लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र पठाउने प्रक्रिया सुरु गर्न विभिन्न प्रयासहरू भइरहेको जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन व्यूरो एवं अन्य सरोकारवाला निकायहरूको समेत उपस्थितिमा यथाशक्य चाँडो श्रमिक लैजाने प्रक्रिया सुरु गर्न प्रयास भइरहेको उल्लेख गरेको छ । 

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा छनौट भएका ११ सय ७५ जना श्रमिकमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना इजरायल गइसकेका छन् । तर तर बाँकीको भने इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण भिसा जारी भएको छैन ।

त्यहाँका कर्मचारीहरूको श्रम विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र जारी गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया