माल्दिभ्समा नेपाली दूतावास नहुँदा मर्कामा नेपाली श्रमिक !

 भदौ ६, २०७९ सोमबार १२:४३:४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

दिपेश पण्डित / बर्दिया, हाल माल्दिभ्स्स

पछिल्लो समय नेपालीकाे लागि वैदेशिक रोजगारीकाे रोजाइ केन्द्र बन्दै गएको माल्दिभ्समा नेपाली दूतावास नहुँदा यहाँ रहेका नेपाली श्रमिक मर्कामा परेका छ्न् । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृष्टिकोणबाट निकै समृद्ध रहेको माल्दिभ्स्समा लगभग ३ हजारकाे हाराहारीमा नेपाली श्रमिक रहेको अनुमान गरिएको छ ।

अमेरिकन डलर १ बराबर जम्मा १५ दशमलव ४२ रुफिया भएको माल्दिभ्सले आप्रवासी श्रमिककाे लागि नेपाली, बङ्गलादेशी, पाकिस्तानी ,इन्डोनेसियन र फिलिपिन्सीहरुलाई प्रस्ताव गर्छ। टापु नै टापुले बनेको सहर अनि ती टापुमा बनेका सुविधाजन्य रिसोर्टमा बलिवुड हलियुड देखि विभिन्न देशका राजकुमारहरु मनोरञ्जन गर्न आइपुग्छन् ।

पर्यटन र माछाबाट आर्थिक उन्नति गरेकाे यो देशको जनसंख्या लगभग ५ लाख रहेको पछिल्लो जानकारी छ । प्रायः सबै देशको दूतावास भएको माल्दिभ्समा नेपाली दूतावास भने छैन । सार्क राष्ट्रहरुको एउटा हिस्सा रहेको माल्दिभ्समा नेपाली दूतावास नहुनुको कारण चाहिँ के होला ? यहाँ काम गर्ने श्रमिक सानो होस या ठूलो आफ्नो दुखेसो पोख्ने समेत ठाउँ नहुँदा यहाँ रहेका नेपाली एक्लाे भएकाे महसुस गर्छन् । एक आपसमा आफ्ना दु:ख सुख साटासाट गरेर एक अर्कालाई सहयोग गर्दै आएका छ्न् ।

पासपोर्ट नवीकरण गर्नको लागि होस् या अन्य कुनै कामको लागि होस् हामीले श्रीलंकामा रहेको नेपाली दूतावास गुहार्नु बाहेक अन्य कुनै विकल्प छैन । प्रायः यहाँ नेपाली दिदीबहिनी हाउस मेडमा हुनुहुन्छ भने अधिकांश दाजुभाइ सुरक्षा गार्डकाे रुपमा कार्यरत हुनुहुन्छ । केही दिदीबहिनी माछा फ्याक्ट्री र पसलमा सेल्स अनि रिसोर्टमा हुनुहुन्छ भने दाजुभाइ रिसोर्टमा कुक देखि ड्राइभर र निर्माण कार्यमा पनि हुनुहुन्छ ।

पछिल्लो समय नेपालबाट श्रम स्वीकृति गरेर दिनानुदिन यति धेरै नेपाली माल्दिभ्स आइरहँदा पनि किन नेपाल सरकारले यहाँ रहेका नेपालीको लागि आफ्नो एउटा दूतावास खोल्न सक्दैन ? के माल्दिभ्समा रहने नेपालीलाई अप्ठ्यारो पर्दैन र ? अप्ठ्यारो पर्दा हामी कहाँ शरण लिन जाने ?

1 Comments

  • Hari Baral

    Aug. 22, 2022, 9:24 p.m.

    हो यहा नेपालि दुताबास चाहिन्छ। यहा नेपालि हामिले भोगेका समस्या लेखेर भन्न सम्भव छैन। श्रिलङ्कामा भएको दुताबैसले खासै चैसो गर्दैन।

तपाईको प्रतिक्रिया