श्रम कार्यालय धनगढीमा भाषा अनुवादक नहुँदा पुनः श्रम स्वीकृति सेवा बन्द

 कात्तिक २३, २०७९ बुधबार १२:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाषा अनुवाद नहुँदा श्रम तथा रोजगार कार्यालय धनगढीबाट प्रदान हुने पुनः श्रम स्वीकृति सेवा बन्द भएको छ ।

कार्यालयले सूचना जारी गर्दै अरेबियन भाषा अनुवादक नभएकाले अर्को सूचना जारी नभएसम्म पुनः श्रम स्वीकृति प्रदान गर्न नसकिने जनाएको छ । निमित्त कार्यालय प्रमुख जनक सिंह उखेडाले अरबका देशहरूमा जाने नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति अरेबिक भाषा अनुवाद नहुँदा प्रदान गर्न नसकिएको बताउनुभयो ।

भाषा अनुवादको पदपूर्ति नहुँदासम्म श्रम तथा रोजगार कार्यालय धनगढीले पुनः श्रम स्वीकृति प्रदान गर्ने छैन ।  भाषा अनुवाद नभएपछि कात्तिक १५ गतेदेखि नै कार्यालयले पुनः श्रम स्वीकृति प्रदान गर्न छाडेको हो ।

पछिल्लो समय सबै खाले श्रम स्वीकृतिका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । धनगढीबाट पुनः श्रम स्वीकृति प्रदान नहुँदा श्रम तथा रोजगार कार्यालय काठमाण्डौ वा अन्य प्रदेशमा रहेका कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्न सक्छन् । 

तपाईको प्रतिक्रिया