साउदीको दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलन गर्न सकिँदैन : दूतावास

 मंसिर १, २०७९ बिहिबार १२:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलनको आवेदन सङ्कलन गर्न नसकिने बताएको छ ।

दूतावासको अहिलेको जनशक्तिले धान्नेभन्दा बढी सङ्ख्यामा विद्युतीय राहदानीका लागि आवेदन परेको भन्दै दूतावासले यी दुई क्षेत्रमा राहदानीको आवेदन सङ्कलन गर्न नसकिने बताएको हो । 

यसअघि साउदीको  दमाममा सञ्चालन गरेको शिविरमा एकै दिन विद्युतीय राहदानीका लागि ४७० जनाले आवेदन दिएका थिए । तर अहिलेको जनशक्तिले प्राविधिक रूपमा दैनिक १३० जनाको मात्र आवेदन लिन सक्ने दूतावासले बताएको छ । 

पछिल्लो समय साउदीको पूर्वी क्षेत्रमा रहेका आवेदकको भने बनेर आएको राहदानी वितरणको व्यवस्था दूतावासले गरेको छ । 

प्राविधिक रूपमा दैनिक एक सय जनाभन्दा कम आवेदक हुन सक्ने स्थानमा मात्र राहदानी आवेदन सङ्कलनको शिविर राख्ने सकिने दूतावासको भनाइ छ । 

दूतावासले अहिले कै अवस्थामा साउदीको सकाका, हायल, ओनैजा र बुरैदाभन्दा बाहेकका अन्य स्थानमा राहदानी नवीकरणका लागि शिविर सञ्चालन गर्ने छैन । 

सकाकामा २ डिसेम्बरमा राहदानी नविकरणको आवेदन सङ्कलन शिविर सञ्चालन हुने छ । यो स्थान दूतावासभन्दा एक हजार किलो मिटर टाढा पर्छ ।

सकाका, अरार, तुरैफ, अल कुरैयात लगायत सकाकाबाट नजिक पर्ने ठाउँमा रहेका नेपालीलाई आफ्नो राहदानी नवीकरण गर्नु पर्ने भएमा यही दिनका लागि आफ्नो विवरण टिपाउन समेत अनुरोध गरेको छ । 

दूतावासमा सूर्य न्यौपानेलाई ०५५९०५२९१५, शालिकराम पोखरेललाई ०५९२५७४६२९ र अरार क्षेत्रको समन्वयको लागि ज्ञानु राईलाई ०५९३३२२४५१ सम्पर्क गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया