सरकारले नै रोक लगाएपछि विदेशबाट आउँदा एउटा मोबाइल त ल्याइदे है भन्दैन थिए कि !

 पुस २७, २०७९ बुधबार १२:०:४५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

फाइल फाेटाे

म ज्ञानप्रसाद बराल । अहिले कतारमा कार्यरत छु । यो मेरो अनुभव हो । यसमा तपाईँ असहमत पनि हुन सक्नुहुन्छ । मेरो यो भनाइ पढ्दा तपाईँलाई रिस पनि उठ्न सक्छ । तर यो मजस्ता धेरै परदेशीको वास्तविकता पनि हो ।

अहिले सरकारले एउटाभन्दा बढी मोबाइल ल्याउन नदिने, ल्याएमा भन्सार लाग्ने र त्यो भन्दा पनि बढी ल्याएमा जफत नै हुने नियम लागू गर्न खोज्दा मलाई भने कता कता ठिकै हो जस्तो पनि लागेको थियो । 

यसको पछाडि थुप्रै कारणहरू छन् । परदेशी भूमिमा घण्टौँ घण्टा काम गरेर भोक निद्रा नभनी ३०/४० हजार कमाइन्छ । त्यो कमाइबाट घर व्यवहार, बालबच्चाको रेखदेखदेखि शिक्षासम्म पुर्‍याउन पर्छ । फेरि अर्कोतिर बिदामा यसो घर जाऊ न त भन्दा पनि मोबाइलको माग सबैबाट हुन्छ । आफन्तदेखि साथीभाइले माग्ने भनेकै मोबाइल हो । 

बरु सरकारकै नियम एउटाभन्दा मोबाइल ल्याउन नपाउने हुँदा मोबाइल ल्याइदेऊ है भनेर हैरान पर्ने थिएनन् कि । भनिहाले पनि मिल्दैन, सरकारले नै दिँदैन भन्दा पनि हुन्थ्यो होला । र उनीहरूले पनि गुनासो गर्ने थिएनन् होला । तर अहिले त खाडीका दुःख गर्नेलाई घर आउन पनि गाह्रो छ । 

खाडीका देशमा दुःखले कमाएको पैसा कतै लगानी गर्न पाए पनि भविष्यमा केही उपलब्धि हुन्थ्यो होला । तर उपहार मै कति खर्च गर्ने ।

वास्तविक दुःख गरेर कमाउँदै घर चलाउनेले त्यति धेरै मोबाइल बोकेर आउने सोच्न पनि सक्दैन । तर उनीहरूलाई अरूले फसाइदिन सक्छन् । मेरो मानिसलाई लगिदे न भनेर पठाइदिन सक्छन् । 

अब कमाएर नै मोबाइल किनेर लग्नेहरूले त अलिअलि कर तिर्दा पनि के भयो त । यसले गैर कानुनी काम गर्नेहरूलाई त रोक्छ नि । त्यसैले पनि हो मलाई यो नियम ठिकै लागेको । तर मैले यसो भन्यो भनेर नरिसाउनुहोला साथीहरू । 

३०/४० हजार कमाएर घर चलाउने कि आफन्तको चित्त बुझाउने भन्ने गाह्रो हुन्छ । परदेशमा दुःख गरेर कमाउन आएको मानिसले ३/४ वटा मोबाइल किन लग्नु पर्‍यो । किन्नै परे नेपालमै किन्दा पनि त हुन्छ । 

3 Comments

  • Bista dil Dil

    Jan. 12, 2023, 11:58 a.m.

    साथि ले सहि कुरा गर्नु भयो मलाई पनि चित्त बुझ्यो

  • बालकृष्ण खड्का

    Jan. 11, 2023, 1:31 p.m.

    कमेन्टमा अाएका नकरात्मक पर्तिकृया लाई म पनि खन्डन गर्दछु हामी बिलासि किन हुने अरु पनि त उपहार दिन सकिन्छ नि।

  • शिव कुमार राई

    Jan. 11, 2023, 12:46 p.m.

    सारै माजा लाग्तो यो सामाचार सुन्दा मन को कुरा राखिदिनु भयो हो अहिले मनि UAE मा छु । वर्ष मा म ४ पटक छुटिमा जान्छु नेपाल कति पए साथी हरुले सोद्छ्न :- तपाई छुटिमा जादा पकेट खर्च्को लागि मान्छे को साम्न लगिदिने गर्नु हुन्छ हुन्न भनेर सोद्छ्न्न ! साचै नै पो एक पटक मलाई एउटा अपरिचित मान्छे ले हात मा ल्याब्टोप बोकेर एर्पोर्ट मा यो ल्याब्टोप लगिदिनुस न,नभए सुनको सिक्री भएपनि सामान लगिदिनुसन उता नेपाल मा रिसिभ गर्ने छ मान्छे तपाईं लाई पनि एसो अलि -अलि आउँछ भन्ने हरु पाईदो रहेछ्न। बोबाईल को सन्दर्भ मा भन्नू पर्दा १ जना यात्रु बाराबर २ ओटा सम्म चै छुट दिदा हुने १ ओटा आफैले चलाउदै गरेको अनि अर्को १ ओटा नया एति गर्दिए हुने थियो ।

तपाईको प्रतिक्रिया