आफ्नै काम गर्छन् ५५.३ प्रतिशत नेपाली, पुरुषभन्दा महिला धेरै

 चैत १०, २०७९ शुक्रबार १७:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले ५५.३ प्रतिशत नेपालीले आफ्नै काम गर्ने गरेको देखाएको छ ।

१० वर्ष वा त्यो भन्दा बढी उमेरका आम्दानी गर्ने १ करोड ४९ लाख ८३ हजार ३ सय १० जनामा सबैभन्दा धेरै ५५.३ प्रतिशत अर्थात् ८२ लाख ९२ हजार ४५ जना आफ्नै काम गर्ने नेपालीहरू रहेको तथ्याङ्कले देखाएको छ । यस्तै अरूको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र काम गर्ने १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेको जनगणनाले देखाएको छ ।

प्रदेशगत रूपमा आफ्नै काम गर्नेमा सबैभन्दा धेरै ६५.६ प्रतिशत कर्णाली प्रदेशका रहेका छन् भने सबैभन्दा कम मधेस प्रदेशमा ४९.० प्रतिशत रहेका छन् । अरूको काम गर्नेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ३६.० प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १५.२ प्रतिशत रहेका छन् ।

आफ्नै काम गर्नेमा ५२.० प्रतिशत पुरुष रहेका छन् भने ५९ प्रतिशत रहेका छन् । अरूको काम गर्नेमा ३४.७ प्रतिशत पुरुष र २१.९ प्रतिशत महिला रहेका छन् ।

सबैभन्दा धेरै घरायसी क्षेत्रमा काम गर्नेहरू ६१.८ प्रतिशत रहेका छन् भने, गैर वित्तीय संस्थामा ३२.७ प्रतिशत, सरकारी सेवामा ३.९ प्रतिशत, वित्तीय संस्थामा १. १ प्रतिशत, नाफा नकमाउने संस्थामा ०.४ प्रतिशत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया