बेलायत पठाउने अन्तरवार्ता भन्दै होटेलमा बोलाएर गैरकानुनी रूपमा पासपोर्ट सङ्कलन

 चैत १४, २०७९ मंगलबार १३:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न भिसामा बेलायत पठाउँछु भन्दै पासपोर्ट लगायतका कागजात गैरकानुनी रूपमा सङ्कलन गरिरहेको पाइएको छ ।

छ महिनाको सिजनल काम, विद्यार्थी भिसा, डिपेन्डेन्ट भिसा लगायतमा बेलायत पठाउँछु भन्दै लमजुङको गिलुङ्ग ८ की शिला परियारले विभिन्न व्यक्तिबाट पासपोर्ट लगायतका कागजात सङ्कलन गरिरहेको पाइएको वैदेशिक रोजगार विभागले जनाउको छ ।

परियारले काठमाण्डौको होटेल स्काइ ब्याङ्क्वेटमा अन्तरवार्ता लिइरहेको सूचनाको आधारमा अनुगमनका लागि विभागबाट आकस्मिक टोली खटिएको थियो । अनुगमनको क्रममा विभागबाट अनुमति नै नलिई होटेलमा मानिसहरु जम्मा पारि परियारले  राहदानी लगायतका महत्त्वपूर्ण कागजातहरू जम्मा गरिरहेको भेटिएको हो ।

वैदेशिक रोजगारीमा मानिस पठाउन अन्तरवार्ता गर्नुअघि विभागबाट स्वीकृति लिनुपर्छ । तर कुनै अनुमति बिनै गैरकानुनी काम गरेको पाइएपछि विभागले परियारको साथबाट एक सय १९ वटा राहदानी बरामद गरेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया