नेभिगेशन

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डौ - गए राति जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै आज राति कोशी,  बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । गए राति पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । 'Untitled-1-1783997555.jpg
 

प्रकाशित मिति:
थप समाज